निर्मम समीक्षा गरेर अघि बढ्छाैँ, रास्वपा पुराना दलभन्दा फरक हाे : सभापति लामिछाने

 असार ७, २०८१ शुक्रबार १८:७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना भएकाे दुई वर्ष पुगेकाे अवसरमा आज केन्द्रीय कार्यालय चःमतिमा चियापान गरेको छ ।

चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरू सहभागी हुनुभएको छ ।

रास्वपा २०७९ असार ७ गते गठन भएको थियो । असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको दलले २०७९ सालको प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ छ र समानुपातिकमा १४ सिटसहित २० सिट ल्याएर चौथो शक्ति बनेको थियो । यस्तै २०८० वैशाख १० गतेको उप–चुनावमा तनहुँ क्षेत्र नम्बर १ समेत जितेको रास्वपाकाे संसद्मा २१ सिट रहेको छ ।

स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकको अपेक्षा पूरा गर्ने चुनौतीका साथ आफूहरूले काम गर्ने बताउनुभयो । आफूहरू अहिलेसम्मका कामको निर्मम समीक्षा गरेर अघि बढ्ने भन्दै उहाँले आफूहरू पुराना दलभन्दा फरक भएको जिकिर पनि गर्नुभयो ।

 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया