बाग्मतीमा सत्तापक्ष र विपक्षी दलबीच ५ बुँदे सहमति

 असार ७, २०८१ शुक्रबार १८:५१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाग्मती प्रदेशमा सत्तापक्ष र विपक्षी दलबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै प्रदेश सभाको अवरोध हटेको छ ।

नेपाली कांग्रेससहित विपक्षी दलहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभा बैठकमा निरन्तर अवरोध गरेपछि आज सरकार र असन्तुष्ट विपक्षी दलबीच पाँच बुँदे सहमति भएको हो । प्रतिपक्ष दलले बजेटमा उठाएको असहमतिलाई सम्बोधन गर्ने, प्राविधिक र कानुनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने, कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्नेलगायत सहमति भएको छ ।

सहमति पत्रमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्णप्रसाद खनाल, प्रतिपक्षको तर्फबाट बहादुरसिंह लामा तामाङ र उद्धव थापाले हस्ताक्षर गर्नुभएको छ ।

प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजोदेखि अवरोध गर्दै आएका थिए ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया