सर्वोच्चमा मुद्दाको सुनुवाई नहुँदै कोशी प्रदेशमा हतारमा बजेट पारित

 असार ८, २०८१ शनिबार १८:२२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कोशी प्रदेशको आउँदो आर्थिक वर्षको बजेट पारित भएको छ । कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा भोलि सुनुवाई हुने तालिका छ । त्यसैले सत्तापक्षले चार दिनको छलफलपछि हतार–हतारमा आज बजेट पारित गरेको हो ।

कोशी प्रदेशका अर्थमन्त्री रामबहादुर मगरले असारको १ गते आउँदो आर्थिक वर्षको लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । असारको ४ गतेदेखि बजेटमाथिको छलफल शुरु भएको थियो । हिजो राति ९ बजेसम्म प्रदेशसभाको बैठक बसेको थियो । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया