टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको अन्तिम १६ मा पुग्यो

 असार ९, २०८१ आइतबार ६:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – युरोकप फुटबल २०२४ अन्तर्गत समूह 'एफ'को खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । जीतसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलको लागि बर्नाल्डो सिल्भा र बु्रुनो फर्नान्डेसले एक–एक गोल गरे । अर्को गोल भने उपहार पाएको हो ।

यो खेलमा तेस्रो गोलको लागि बु्रनोलाई पास उपलब्ध गराएसँगै क्रिस्टियानो रोनाल्डो युरोकपमा सर्वाधिक एसिस्ट दिने खेलाडी बनेका छन् । कीर्तिमानी छौटौंपल्ट युरोकप खेलिरहेका रोनाल्डोले सर्वाधिक आठ गोलका लागि पास उपलब्ध गराएका छन् ।

दुई खेलमा दुई जित हासिल गरेको पोर्चुगल छ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । दुई मध्ये एक खेल जितेको टर्की समूहको दोस्रो स्थानमा छ ।

यस्तै युरोकपअन्तर्गत गएराति भएको खेलमा समूह 'एफ' का जर्जिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै बिहान सम्पन्न समूह 'ई' को खेलमा बेल्जियमले रोमानियालाई २–० गोलले पराजित गरेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया