मधेश प्रदेशसभाबाट बालिका संरक्षण विधेयक पारित

 असार ९, २०८१ आइतबार ८:४७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मधेश प्रदेशसभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित भएको छ । प्रदेशसभाको हिजो बसेको बैठकमा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले महिला बालबालिका तथा सामाजिक न्याय समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

बालिका संरक्षणसम्बन्धी कानुन ल्याउने पहिलो प्रदेशका रूपमा मधेश प्रदेश रहेको पनि मन्त्री जयसवालले बताउनुभयो । उहाँले प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि शुरु गर्न १२ करोड रुपैयाँ थप बजेट व्यवस्था गरेको पनि जानकारी दिनुभयो । बालिका संरक्षणमा काम गर्दा बालकलाई अन्याय हुन दिन नहुने उहाँको भनाई थियो ।

विधेयकमा १७ जना प्रदेशसभा सदस्यले धारणा राखेका थिए । मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यकता रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया