धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
इजरायलले आक्रमण गरिरहेको गाजामा खाना र पानीको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । ४० डिग्री सेल्सियस आसपासको गर्मी, सीमित खानेकुरा र पानीको चरम अभावले बालबालिकामा कुपोषणसहित विभिन्न समस्या देखिएका बीबीसीले जनाएको छ ।
बीबीसीले प्रकाशन गरेको रिपोर्टमा एक जना बालककी आमा गनिमा जुमाले यसअघि आफ्नो छोराको स्वास्थ्य अवस्था निकै राम्रो रहेकोमा खाना र पानीको अभावसँगै अहिले अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको छ । उहाँका अनुसार बालबालिका पानीकै लागि टाढा–टाढासम्म यात्रा गर्छन् । कतै भेटिए पनि खुला भाँडामा टाढादेखि ल्याउँदा पानी फोहोर हुन्छ ।
इजारयल–गाजा युद्धमा घर ध्वस्त भएका कारण लाखौँ मानिस विस्थापित भएका छन् । उनीहरू अस्थायी शिविरमा बसिरहेका छन् । जहाँ तातो घामबाट उनीहरूलाई खासै सुरक्षा छैन । सफा वा प्रदूषित पानी पाउन गाजामा निकै सङ्घर्ष गर्नुपर्छ । वितरण केन्द्रमा लामो लाइन हुने गर्छ । ढल प्रणालीमा नराम्रो क्षति भएपछि र थोरै मात्र शौचालयका कारण त्यहाँको पानी सहजै प्रदूषित हुने गर्छ ।
गाजामा हरेक व्यक्तिको आन्द्रामा सङ्क्रमण देखिन थालेको र त्यो प्रदूषित पानीका कारण रहेको नासेर अस्पतालका बालबालिका विभागका प्रमुख डाक्टर अहमद अल–फारीले बताउनुभएको बीबीसीले जनाएको छ । इजरायलले भने बालबालिकाले खाना र पानी नपाएको कुरालाई अस्वीकार गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।