अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
लुम्बिनी प्रदेश समितिको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिनुभयो । पार्टी आजैदेखि प्रतिपक्षी दलको भूमिकामा बस्ने पनि उहाँले बताउनुभयो ।
लुम्बिनीमा जसपा नेपालका तीन जना सांसद छन् । त्यसमध्ये आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर विभाजित जनता समाजवादी पार्टीतिर लागेका छन् । जसपा नेपालले समर्थन फिर्ता लिए पनि माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको वर्तमान सरकार अल्पमतमा भने पर्दैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।