तारकेश्वरले तेस्रो लिङ्गीलाई मासिक ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने

 असार ९, २०८१ आइतबार १८:३३:५२ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायीरूपमा बसोबास गर्ने तेस्रो लिङ्गीलाई मासिक पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

तारकेश्वरले तेस्रो लिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरूप आर्थिक वर्ष २०८१/८२ देखि मासिक पाँच हजार रुपैयाँ प्रदान गर्न लागेको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रो लिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो । लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकार भएकाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त समाज निर्माण गरिने उहाँको भनाइ छ ।

मेयर महर्जनले पिछडिएका, एकल तथा दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समूह, समिति तथा संस्था गठन गरी व्यावसायिक विकास, सीपमूलक तालिमलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया