अम्पायरको निर्णयमा असहमति जनाएपछि डेभिड मिलरलाई 'डिमेरिट प्वाइन्ट'

 असार ९, २०८१ आइतबार १८:३२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – दक्षिण अफ्रिकाका ब्याटर आईसीसीको कारबाही परेका छन् । अम्पायरको निर्णयमा असहमति जनाएपछि मिलरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आचारसंहिताको लेभल १ उल्लङ्घनका लागि 'डिमेरिट प्वाइन्ट' पाएका हुन् ।

आईसीसी टी–२० विश्वकपको ‘सुपर–आठ’ मा गएको शुक्रवार सेन्ट लुसियामा रहेको डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा इङ्गल्यान्डसँगको खेलमा मिलरले अम्पयारको निर्णयमा असहमति जनाएका थिए ।

दक्षिण अफ्रिकाको पारीको १९ औँ ओभरमा इङ्गल्यान्डका साम करनको फुल टस बललाई अन–फिल्ड अर्थात् मैदानमा रहेका अम्पायरले नो बल नदिएपछि डेभिड मिलरले त्यो निर्णयमा असहमति जनाउँदै निर्णयलाई रिभ्यु अर्थात् समीक्षा गर्नका लागि सङ्केत गरेका थिए । तर आईसीसीले रिभ्यु सम्भव नभएको र अम्पायरको निर्णयमा असहमति जनाएकाले कारबाही गरेको जनाएको छ ।

यो खेलमा दक्षिण अफ्रिका ७ रनले विजयी भएको थियो । दक्षिण अफ्रिका २ खेलमा ४ अङ्कसहित ‘सुपर–आठ’ को समूह–२ को शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया