गाजामा विस्थापितलाई आश्रय लिन छुट्ट्याइएका ६९ प्रतिशत विद्यालय भवन क्षतिग्रस्त

 असार ९, २०८१ आइतबार १८:३०:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्लूए) ले गाजामा विस्थापित परिवारले आश्रय लिइरहेका ६९ प्रतिशत विद्यालय भवनमा क्षति पुगेको जनाएको छ ।

यूएनआरडब्ल्यूले मानवीय कानुनको घोर अवहेलना रोक्नैपर्ने बताउँदै गाजामा कहीँ पनि सुरक्षित नभएको र अब युद्धविरामको आवश्यकता रहेको बताएको कतार न्युज एजेन्सीले जनाएको छ । गाजामा ७६ प्रतिशतभन्दा बढी विद्यालय पुनर्निर्माणको अवस्थामा पुगिसकेका छन् ।

यूएनआरडब्ल्यूएका प्रवक्ता जोनाथन फाउलरले गाजा पट्टीमा इजरायली आक्रमणका कारण भएको विनाशलाई मेटाउन र पुनर्निर्माण गर्न २० वर्षभन्दा धेरै समय लाग्ने बताउनुभएको छ । गाजा पट्टीमा रहेका झन्डै एक सय ७० यूएनआरडब्ल्यूएका सुविधाहरूमा बमबारी गरिएको खबरमा उल्लेख छ ।

प्रवक्ता फाउलरले आक्रमणको शुरुआतदेखि नै पठनपाठन बन्द भएकाले विद्यालय नै सबैभन्दा बढी क्षति भएका बताउनुभयो । गाजा विद्यालयहरूलाई विस्थापित भएका नागरिकका लागि आपत्कालीन आश्रयस्थलमा रूपान्तरण गरिएका छन् ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया