बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाण्डाै–भरतपुर उडान गर्ने

 असार ९, २०८१ आइतबार १८:३०:४१ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाण्डाै–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।

बुद्ध एअर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक हप्तापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । गएको हप्ता एअरले काठमाण्डौ–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उहाँले बताउनुभयो ।

बस्नेतका अनुसार जहाजले काठमाण्डाैबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाण्डाै जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ ।

बुद्ध एअरको मात्रै उडान हुँदा काठमाण्डौ– भरतपुर भाडा महँगो भएको गुनासो आइरहेको बेला अब श्री एअरलाइन्सले पनि भरतपुरमा उडान गर्ने तयारी थालेकाले प्रतिस्पर्धाका कारण भाडा घट्ने अनुमान छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया