सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्छ : मन्त्री सुडी

 असार ९, २०८१ आइतबार १८:१७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वन तथा वातावरणमन्त्री नवलकिशाेर साह सुडीले सरकारले आउँदाे आर्थिक वर्ष २०८१/८२ मा ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाकाे आजकाे बैठकमा बोल्दै मन्त्री सुडीले सरकारले मन्त्रिपरिषद्बाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेको भन्दै अब सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताउनुभएको हो । उहाँले विगतमा काठको मूल्य बढी भएका कारणले नेपालका काठ बिक्री हुन नसकेकाे उल्लेख गर्नुभयाे ।

मन्त्री सुडीले एक/दुई महिनाभित्रमा नै सबै नियम, कानून मिलाएर नेपाली काठलाई मलेसियाली काठभन्दा महँगाे पर्न नदिने बताउनुभयो । उहाँले वन ऐन २०२९ लाई छिटोभन्दा छिटो संशोधन गर्नुपर्ने पनि बताउनुभयाे ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया