सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल बगायो

 असार १०, २०८१ सोमबार १०:६:३० | रासस
unn.prixa.net

तस्बिर : रासस

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल बगाएको छ । पुल बगाएपछि मेलम्ची दुवाचौर, केउरानी, बरुवा, बाँसखर्कलगायत ठाउँमा ओहोरदोहोर गर्ने गाडी चल्न सकेका छैनन् ।

तीन वर्षअघिको बाढीले पुल बगाएको ठाउँ मेलम्ची नगरपालिका ११ को फट्टेमा बनाइएको अस्थायी पुल गएरातिको बाढीले बगाएको वडा अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभयो ।

गएराति सिन्धुपाल्चोकमा ठूलो पानी परेपछि बाढी आएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको ढुङ्गेमा एक सय ६० मिलिमिटर पानी परेको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया