हजयात्रामा ज्यान गुमाउने तीर्थालुकाे सङ्ख्या १३ सय नाघ्यो

 असार १०, २०८१ सोमबार १२:२२:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

साउदी अरबमा हजयात्राका क्रममा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या एक हजार तीन सय एक जना पुगेको छ । चर्को गर्मी र लामो दूरीको पैदल यात्राका कारण हजयात्रीको ज्यान गएको साउदी अरब सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

साउदी अधिकारीका अनुसार विभिन्न देशबाट हजका लागि साउदी अरब गएकामध्ये धेरै आधिकारिक अनुमति नलिएका अनधिकृत तीर्थयात्रीले ज्यान गुमाएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले झन्डै पाँच लाख जना तीर्थालुको उपचार गरेको जनाएको छ । गर्मीका कारण अझै धेरै बिरामी अस्पतालमा उपचाररत छन् ।

हजलाई सुरक्षित बनाउन नसकेको भन्दै साउदी अरबको आलोचना भएको छ । साउदी अरबको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मक्काको तापक्रम ५१ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मृतकमध्ये सबैभन्दा धेरै छ सय ५८ जना इजिप्टका नागरिक भएको बताइएको छ ।

इन्डोनेसियाले आफ्ना दुई सयभन्दा बढी नागरिकको ज्यान गएको बताएको छ भने भारतले ९८ जनाको ज्यान गएको जनाएको छ । पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, सुडानले पनि आफ्ना नागरिकको मृत्यु भएको बताएका छन् । हजका लागि यस वर्ष झन्डै १८ लाख जना मानिस मक्का मदिना पुगेको साउदी अरबले जनाएको छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया