युरो कप फुटबल : आज राति स्पेन र अल्बानिया तथा इटाली र क्रोएशिया खेल्दै

 असार १०, २०८१ सोमबार १८:३२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । डुसेलडर्फमा राति पौने १ बजे समूह ‘बी’ का स्पेन र अल्बानिया खेल्दैछन् ।

स्पेन २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । स्पेन अन्तिम १६ मा पुगिसकेको छ । अल्बानिया २ खेलमा १ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । अल्बानिया अन्तिम १६ मा पुग्ने सम्भावना निकै कम छ ।

यस्तै राति पौने १ बजे नै लाइपजिगमा यही समूहको इटाली र क्रोएशिया खेल्दैछन् । इटाली २ खेलमा ३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । स्पेन अन्तिम १६ मा पुग्ने सम्भावना बलियो छ । क्रोएशिया २ खेलमा १ अङ्कसहित पुछारमा छ । क्रोएशिया अन्तिम १६ मा पुग्ने सम्भावना निकै कम छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया