मेलम्ची खानेपानी आयाेजना आजदेखि बन्द हुने

 असार १०, २०८१ सोमबार १५:९:३३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने निर्णय गरेको छ ।

मेलम्ची नदीको बहाव बढेर बाढी आएर धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो । बाढी आएसँगै पानी धमिलिन थालेकाले आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब वर्षा कम भएपछि मात्रै आयोजना पुनः सञ्चालन हुने छ ।

गएको जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो तर ठूलो वर्षा नभएकाले आजसम्म सञ्चालन गरिएको हो । समितिका कार्यकारी निर्देशक लामिछानेका अनुसार परामर्शदाता तथा एशियाली विकास बैंकले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेको छ । अब मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन् ।

औसत समयअनुसार नेपालबाट अक्टोबर २ तारिखमा मनसुन बाहिरिन्छ । मनसुनजन्य विपत्तिबाट आयोजनाको 'हेडवर्क्स' मा हुन सक्ने क्षति रोक्न वर्षायाममा आयोजना बन्द गरिँदै आएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया