हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

 असार १०, २०८१ सोमबार १५:१३:० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजाको रफाह शहरमा हमासविरुद्ध चलिरहेको युद्ध चाँडै अन्त्य हुने बताउनुभएको छ ।

इजरायली च्यानल १४ टीभी न्युजसँगको कुराकानीमा प्रधानमन्त्री नेतान्याहुले रफाहको युद्ध अन्तिम चरणमा पुगेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध चलिरहने पनि बताउनुभएको छ ।

इजरायलविरुद्धको आक्रमणमा हमासलाई साथ दिइरहेको हिजबुल्लाह समूहको आक्रमणको बीचमा प्रधानमन्त्री नेतान्याहुले छिट्टै लेबनानी सीमामा इजरायली सेना पठाउन सक्षम हुने पनि बताउनुभएको छ । उहाँले हमासको ठाउँमा वेस्ट बैंकमा रहेको प्यालेस्टिनी ‘अथोरिटी’ लाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई फेरि खारेज गर्नुभएको छ ।

नेतान्याहुले उत्तरी गाजा पट्टीमा सत्ताबाट हमासलाई हटाउने र प्यालेस्टिनी ‘एन्क्लेभ’मा रहेका झन्डै सय जना बन्धकलाई रिहा गर्ने सम्झौतामा मात्र सहमत हुने बताउनुभएको छ ।

यसैबीच रफाहवासीले इजरायली सेनाले आक्रमण बढाएको र आक्रमणबाट राहत सामग्री केन्द्रमा समेत क्षति पुगेको बताएका छन् । हमासले यी केन्द्रको प्रयोग गर्दै आएको इजरायली सेनाको भनाइ छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया