भारत टी–२० विश्वकपको सेमिफाइनलमा, अस्ट्रेलिया २४ रनले पराजित

 असार ११, २०८१ मंगलबार ६:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराएर भारत सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत समूह 'ए' को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको हो ।

गएराति भएको खेलमा भारतले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर ब्याटर ट्रेभिस हेडले ७६ रन र मिचेल मार्सले ३७ रन बनाए । भारतका अर्शदीप सिंहले तीन विकेट लिए । यस्तै कुल्दिप यादवले दुई, जसप्रित बुम्राहा र अक्षर पटेलले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय पाँच रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ९२ र सूर्यकुमार यादवले ३१ रन बनाए । अस्ट्रेलियका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान दुई तथा जोश हेजलउडले एक विकेट लिए ।

सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह 'बी' बाट दक्षिण अफ्रिका र इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेका छन् । टी–२० विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र बंगलादेश खेल्दैछन् । यो खेलमा आफगानिस्तानले बंगलादेशलाई हराए अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा पुग्नेछ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया