टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निकाल्यो

 असार ११, २०८१ मंगलबार ६:२९:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी व्यापारी एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको छ । सन् २०२३ यता यो कम्पनीले अस्थायी कर्मचारीसमेत गरेर भारी मात्रामा कर्मचारी कटौती गरिरहेको छ ।

यो वर्षको अहिलेसम्मको अवधिमा जागिरबाट निकालिएका कर्मचारीको सङ्ख्या १४ प्रतिशतमाथि पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था द इकोनोमिक टाइम्सले जनाएको छ । अहिले विश्वभर टेस्ला कम्पनीको कूल एक लाख २१ हजार कर्मचारी छन् । यो भनेको गएको वर्षको तुलनामा १४ प्रतिशत कम हो ।

यसैबीच यही जुन १७ मा व्यापारी एलन मस्कले कम्पनीमा कार्यरत सबै जना कर्मचारीलाई एउटा केही दिनमा कम्पनीले कर्मचारीलाई स्टक अप्सन अर्थात् बेच्न मिल्ने शेयर दिनका लागि विस्तृत समीक्षा गर्ने भन्दै इमेल पठाउनुभएको थियो । टेस्लाले यसअघि स्टक अप्सन वितरण बन्द गरेको थियो ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया