इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश

 असार ११, २०८१ मंगलबार ७:१९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १–१ गोलको बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो ।

क्रोएसियाका लागि लुका मोड्रीचले गोल गरे । इटालीका माटिया जाकाग्नीले गोल गरे । बराबरीसँगै सूमह 'बी' मा इटालीको तीन खेलमा चार अङ्क भएको छ । क्रोएसियाको भने तीन खेलमा दुई अङ्क छ । अल्बानिया भने एक अङ्कसहित समूहको पुछारमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा स्पनेले अल्बानियालाई १–० गोलले हरायो । स्पेनका फेरन टोरेसले १३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । एक खेल पनि नहारेको स्पेन समूहको शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया