आगलागीका घटना बढ्दै गएपछि ब्राजिलका विभिन्न क्षेत्रमा आपत्काल घोषणा

 असार ११, २०८१ मंगलबार १५:१२:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

देशका विभिन्न ठाउँमा भइरहेको आगलागी निभाउन नकसेपछि ब्राजिलले विभिन्न राज्यमा आपत्काल घोषणा गरेको छ । सुक्खा मौसम शुरु हुनुभन्दा पहिले नै शुरु भएको आगोको लहरले बोलिभिया र पराग्वेसम्म फैलिएको पन्टानाल क्षेत्रलाई सबैभन्दा धेरै प्रभावित बनाएको छ ।

पन्टानाल विश्वकै सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । यसको क्षेत्र पूरै बेलायतभन्दा पनि ठूलो छ । धेरैजसो सिमसार क्षेत्र रहेको ग्रसो डो सुल राज्यले छ महिनाको आपत्काल घोषणा गरेको छ ।

विज्ञहरूका अनुसार धेरैजसो आगलागी मानवीय कमजोरीले भएका छन् । जङ्गल नष्ट गरेर कृषि भूमि विस्तार गर्ने षड्यन्त्रका साथ कतिपयले डढेलो लगाउने गरेका छन् ।

राजधानी रियो दि जेनेरियोको सङ्घीय विश्वविद्यालयको अध्ययनअनुसार यो वर्ष पन्तनालको ६ लाख २७ हजार हेक्टर जमिनमा आगो लागेको छ । पन्टानालमा सन् २०२० मा लागेको आगोले ३० प्रतिशत सिमसार क्षेत्र प्रभावित भएको थियो । यस वर्ष अहिलेसम्म सन् २०२० को तुलनामा ३३ प्रतिशत बढी क्षेत्रमा आगलागी भएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया