२० वर्ष पुगेर विवाह गर्ने किशाेरीलाई बाेदेबरसाइनले २० हजार रुपैयाँ दिने

 असार ११, २०८१ मंगलबार १५:१५:५५ | रासस
unn.prixa.net

सप्तरी – सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपैयाँ दिने गर्ने भएको छ । बालविवाह न्यूनीकरणका लागि यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

विभिन्न प्रयास गर्दा पनि दलित समुदायमा बालविवाह गर्ने चलन हटाउन नसकेकोले अब २० वर्ष पुगेपछि विवाह गर्ने किशोरीलाई २० हजार रुपैयाँ दिने कार्यक्रमले बालविवाह कम हुने अपेक्षा गरेको बोदेबरसाइनका मेयर आतेशकुमार सिंहले बताउनुभयो ।

बोदेबरसाइनकी उपमेयर रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया