मापदण्ड पुगेका व्यक्तिलाई विधि पुर्‍याएर मात्रै राजदूतमा नियुक्त गरिएको हाे : प्रधानमन्त्री

 असार ११, २०८१ मंगलबार १५:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मापदण्ड पुगेका व्यक्तिलाई विधि पुर्‍याएर मात्रै राजदूतमा नियुक्त गरिएको जिकिर गर्नुभएको छ ।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले देशको हित र कूटनीतिलाई बलियाे बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको दाबी पनि गर्नुभयो ।

यस्तै उहाँले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्त गरेको तर कमजोरी भएको भए सच्याउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा र कार्यसम्पादनमा आधारित बनाउने विश्वास व्यक्त गर्नुभयो । सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनुअघि नै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान रहेको पनि उहाँले स्मरण गराउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया