युरो कप फुटबलमा आज राति चार वटा खेल

 असार ११, २०८१ मंगलबार १८:३२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – युरो कप फुटबलमा आज राति चार वटा खेल हुँदैछन् । राति पौने १० बजे डर्टमन्डमा समूह ‘डी’ का फ्रान्स र पोल्यान्ड खेल्दैछन् । फ्रान्स २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । फ्रान्स अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । पोल्यान्ड यसअघिका दुई वटै खेल हार्दै तालिकाको पुछारमा छ ।

यस्तै राति पौने १० बजे नै बर्लिनमा यही समूहको नेदरल्यान्ड्स र अस्ट्रिया खेल्दैछन् । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा छ । अस्ट्रिया २ खेलमा ३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दुवै टोली अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

यस्तै राति पौने १ बजे म्युनिखमा समूह ‘सी’ का डेनमार्क र सर्बिया खेल्दैछन् । डेनमार्क २ खेलमा २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । डेनमार्क अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । सर्बिया २ खेलमा १ अङ्कसहित तालिकाको पुछारमा छ ।

यस्तै राति पौने १ बजे नै कलोनमा यही समूहका इङ्गल्यान्ड र स्लोभेनिया खेल्दैछन् । इङ्गल्यान्ड २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । स्लोभेनिया २ खेलमा २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दुवै टोली अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

यसअघि स्पेन, जर्मनी, पोर्चुगल, स्विट्जरल्यान्ड र इटाली अन्तिम १६ मा पुगिसकेका छन् । अब ११ वटा टोलीको टुङ्गो लाग्न बाँकी छ । अन्तिम १६ का खेल आउँदो शनिवारदेखि शुरु हुनेछ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया