जाँडरक्सी खाएर बर्सेनि झन्डै २६ लाख मानिसको ज्यान जाने गरेकाे डब्लुएचओकाे प्रतिवेदन

 असार १२, २०८१ बुधबार ६:२५:१६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

विश्वभर जाँडरक्सी खाएर बर्सेनि झन्डै ३० लाख जना मानिसको ज्यान जाने गरेको पाइएको छ । सन् २०१९ को आँकडा अनुसार २६ लाख जना मानिसको ज्यान जाने जाँडरक्सी खाएका कारण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो केही वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो 'अस्वीकार्यरूपमा उच्च' रहेको डब्लुएचओको भनाइ छ । जाँडरक्सी र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा विभिन्न कारण हुने २० वटा ज्यान जाने घटनामा एक जनाको जाँडरक्सी कारण हुने गरेको बताइएको छ ।

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा जाँडरक्सी खाएका कारण हुने ज्यान जाने उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ ।

जाँडरक्सीको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्‍याउने र मानसिक स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँने डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताउनुभयो । उहाँका अनुसार सन् २०१० पछि विश्वभरमा जाँडरक्सीको खपत र सम्बन्धित हानीमा केही कमी आएको छ । तर यसको प्रयोगमा अझै नियन्त्रण आवश्यक रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया