केन्याको संसद् भवनमा सर्वसाधारणको प्रदर्शन : प्रहरीको गोली लागेर ५ जनाको ज्यान गयो, ५० भन्दा धेरै घाइते

 असार १२, २०८१ बुधबार ९:२३:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

केन्यामा कर वृद्धि गर्ने कानुन ल्याएको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका छन् । आर्थिक सङ्कटको सामना गरिरहेका बेला सरकारले संसद् भवनभित्र करवृद्धिसम्बन्धी विधेयक पारित गर्न लागेकाले आम नागरिकले प्रदर्शन गर्न थालेका हुन् ।

प्रदर्शन हिंसात्मक बन्दै गएर उनीहरु बलपूर्वक संसद् भवन भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो । अनियन्त्रित भिडमा रहेका प्रदर्शनकारीले संसद् भवनको केही भागमा आगो लगाइदिएका बीबीसीले जनाएको छ ।

भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर पाँच जना प्रदर्शनकारीको ज्यान गएको छ । अरू ५० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि प्रदर्शनकारी पछाडि नहटेपछि गोली चलाएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया