भारतीय प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने

 असार १२, २०८१ बुधबार १२:३०:५८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाईको पहिलो हप्ता रुस भ्रमणमा जाने हुनुभएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने बीबीसी हिन्दीले जनाएको छ ।

रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार रुसी राष्ट्रपतिका सहायक युरी उसाकोभले मोदीको भ्रमणको तयारी भइरहेको र दुवै पक्षले चाँडै मिति घोषणा गर्ने बताउनुभएको छ । मोदी सन् २०१९ पछि पहिलो पटक रूस भ्रमणमा जाने तयारी गरिरहनुभएको छ ।

युक्रेनमा रुसले गरेको आक्रमणपछि मोदीले पहिलो पटक रुसी भूमिमा पाइला राख्नुहुने भएको छ । पुटिन भने यसअघि सन् २०२१ मा भारत र रुसबीचको शिखर सम्मेलनमा सहभागी हुन भारत आउनुभएको थियो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया