नेपालगञ्जमा महिला क्याम्पस स्थापना

 असार १२, २०८१ बुधबार १५:२४:२० | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

बाँके – बाँकेको नेपालगञ्जमा महिला क्याम्पस स्थापना भएको छ । विशेषगरी मधेशी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापना गरेको मङ्गलप्रसाद महिला कलेजमा अध्ययन गर्न आउनेहरूको आकर्षण बढेको छ ।

४० कोठे भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको कलेजका प्रमुख रवीन्द्रकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार महिला कलेजमा छात्रावासको व्यवस्थासमेत गरिएको छ । कलेजले अहिले बीबीएच, चार वर्षे बीएड र बीएससीका कक्षा सञ्चालन गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय र किशोरीमैत्री वातावरणमा अध्यापन गराउँदै आएको प्रमुख कर्णले बताउनुभयो । एक सय ३० किशोरीले विभिन्न सङ्कायमा अध्ययन गरिरहेका छन् ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया