राहुल गान्धी भारतीय लाेकसभामा विपक्षी नेता चयन

 असार १२, २०८१ बुधबार १८:२३:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी लोकसभामा विपक्षी नेता चुनिनुभएको छ । १० वर्षपछि भारतीय लोकसभामा कांग्रेसले विपक्षी दलको नेताको हैसियत पाएको हो ।

यसअघिका दुई वटा चुनावमा कांग्रेसले संसद्को १० प्रतिशत अर्थात् कम्तीमा ५४ सिट जित्न नसकेपछि विपक्षी दलको नेताको हैसियत पाएको थिएन । सन् २०१४ मा २२ र २०१९ मा ५२ सिट जितेको कांग्रेसले यसपल्ट ९९ सिट जित्न सफल भएको हो ।

गान्धीले आज लोकसभामा विपक्षी दलको नेताका रूपमा सम्बोधन गर्दै यसपल्ट विपक्षी भारतीयहरूको आवाजको प्रतिनिधित्व दमदार तरिकाले भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय लोकसभामा विपक्षी दलको नेता एक संवैधानिक पदका रूपमा रहेको छ । विपक्षी दलका नेतालाई विशेषाधिकार प्राप्त हुन्छ । प्रवर्तन निर्देशनालय, केन्द्रीय जाँच ब्युरो, केन्द्रीय सतकर्ता आयोग, केन्द्रीय सूचना आयोग, लोकपाल, चुनाव आयोग, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको नियुक्तिमा विपक्षी दलका नेताको महत्त्वपूर्ण भूमिका हुन्छ । केन्द्रीय मन्त्रीलाई सरह तलब भत्ता र अन्य सुविधा प्राप्त हुने प्रतिपक्षी नेतालाई कर्मचारीसहितको सचिवालयसमेत उपलब्ध हुन्छ ।

यसैबीच भारतीय लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित हुनुभएको छ । उहाँ लगातार दोस्रो पटक लोकसभाकाे सभामुख चुनिनुभएको हो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया