युरोकप फुटबल : पोर्चुगल जर्जियासँग २–० ले पराजित, टर्कीले चेक रिपब्लिकलाई हरायो

 असार १३, २०८१ बिहीबार ६:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – युरोकप फुटबलमा समूह 'एफ' को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग २–० गोलले पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनमा रहेको भेल्टिन्स एरिनामा जर्जियासँग हारे पनि पोर्चुगल समूह विजेता बनेको छ । जर्जियाको जितमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले पहिलो र जर्जेस मिकाउताद्जेले पेनाल्टीमा दोस्रो गोल गरे ।

समूहको अर्को खेलमा टर्कीले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । टर्कीका लागि कप्तान हाकान चाल्हानोग्लु र चेन्क तोसुनले गोल गरे । चेक रिपब्लिकका कप्तान टोमस सुचेकले एक गोल मात्र फर्काउन सके । यो समूहमा पोर्चुगल र टर्की समान ६–६ अङ्कका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । पहिलो पटक युरोकपमा छनोट भएको जर्जिया पनि चार अङ्कका साथ अन्तिम १६ मा प्रवेश गरेको छ । एक अङ्क जोडेको चेक रिपब्लिक बाहिरिएको छ ।

यस्तै समूह 'ई' को अन्तिम चरणको खेलमा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेलेका छन् । यही समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाले पनि १–१ गोलको को बराबरी खेले । योसँगै यस समूहका चारवटै टोलीको समान चार अङ्क भएको छ ।

गोल अन्तरका आधारमा रोमानिया समूह विजेता र बेल्जियम उपविजेता हुँदै अन्तिम १६ मा पुगेका छन् । स्लोभाकिया तेस्रो हुँदा युक्रेन पुछारमा रहेर समूह चरणबाट बाहिरिएको छ । योसँगै युरोकप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै पर्सि शनिबारदेखि अन्तिम १६ मा पुग्ने टोलीबीचको खेल शुरु हुनेछ । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया