अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको पहिलो पटक फाइनलमा प्रवेश

 असार १३, २०८१ बिहीबार ८:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – अफगानिस्तानलाई नौ विकेटले हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

अफगानिस्ताले दिएको ५७ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले आठ ओभर पाँच बलमा एक विकेट मात्र गुमाएर भेट्टायो । उसका लागि रीजा हेन्ड्रिक्स र एडन मारक्रमले अविजितीय पारी खेल्दै टिमलाई जीत दिलाए । हेन्ड्रिक्सले २९ र मारक्रमले २३ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले एक विकेट लिए ।

यसअघि त्रिनिदादको ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११ ओभर पाँच बलमा ५६ रनमा अलआउट भयो । उसका लागि अजमातुल्लाह उमरजाईले १० रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् । अक्षिण अफ्रिकाका लागि मार्को जेन्सेन र तबरेज शम्सीले समान तीन विकेट लिए । यस्तै कागिसो रबाडा र एन्ड्ररिच नटराजले समान दुई विकेट लिए । 

दक्षिण अफ्रिका सुपर–आठको समूह 'दुई' बाट शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । दक्षिण अफ्रिकाले सुपर–आठको पहिलो खेलमा अमेरिकालाई १८ रन, दोस्रो खेलमा इङ्गल्यान्डलाई सात रन र तेस्रो खेलमा वेस्ट इन्डिजलाई 'डीएलएस' अर्थात् डकवर्थ लुइस नियमका आधारमा तीन विकेटले हराएको थियो ।

यस्तै अफगानिस्तान सुपर–आठको समूह 'एक' बाट दोस्रो स्थानमा अन्तिम चारमा पुगेको हो । अफगानिस्तान सुपर–आठको पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रन र तेस्रो खेलमा बङ्गलादेशलाई डीएलएस नियमका आधारमा आठ रनले हराएको थियो । अफगानिस्तान पहिलो पटक टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो । यस्तै टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज राति सवा ८ बजे भारत र इङ्गल्यान्ड खेल्दैछन् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया