मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्डमा कालोपत्र सम्पन्न

 असार १३, २०८१ बिहीबार १२:१०:१८ | रासस
unn.prixa.net

रासस

तनहुँ – मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ ।

अहिलेसम्म पूर्वी खण्डमा ६२ र पश्चिममा २८ प्रतिशत भौतिक प्रगति भएको छ । असारदेखि असोजसम्म 'मनसुन' सक्रिय हुने भएकाले अहिलेलाई कालोपत्र गर्न छाडेर पानी निकासका निम्ति नाला, 'रिटेनिङ वाल, कल्भर्ट' लगायत संरचना निर्माण द्रुत गतिमा भइरहेको आयोजना कार्यालय पश्चिमका इन्जिनियर नारायण पौडेलले बताउनुभयो ।

यसैबीच पूर्वी खण्डमा निर्माणाधीन ठूला तीन पुलमध्ये डुम्रे बजार नजिकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौली नजिकको अन्तिम चरणमा पुगेको छ । तनहुँको मादी नदीमा 'आर्क डिजाइन'को पुल निर्माणाधीन छ ।

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजनामार्फत काम भइरहेको छ । आयोजनाको काम आउँदो भदौभित्रमा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया