श्रीलङ्का क्रिकेट टिमका मुख्य प्रशिक्षक सिल्भरवुडले दिए राजीनामा

 असार १३, २०८१ बिहीबार १५:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – श्रीलङ्का क्रिकेट टिमका मुख्य प्रशिक्षक क्रिस सिल्भरवुडले पदबाट राजीनामा दिएका छन् ।

इङ्गल्यान्डका पूर्व तीव्र गतिका बलर सिल्भर सन् २०२२ मा श्रीलङ्का क्रिकेट टिमका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको नेतृत्वमा श्रीलङ्काले केही महत्त्वपूर्ण प्रतियोगिता र शृङ्खला खेलेको थियो ।

सिल्भरवुडकाे कार्यकालमा श्रीलङ्काले सन् २०२२ को एसिया कप, अस्ट्रेलियासँगको एकदिवसीय शृङ्खला र बङ्गलादेशसँगको टेस्ट शृङ्खला जितेको थियो । यस्तै श्रीलङ्का सन् २०२३ को एसिया कप फाइनलमा पनि पुगेको थियो ।

यद्दपि श्रीलङ्का भर्खरै भएका आईसीसी प्रतियोगिता– सन् २०२२ र २०२४ को टी–२० विश्वकप र सन् २०२३ को एकदिवसीय विश्वकपको नकआउट चरणसम्म पनि पुग्न सकेन । यस्तै अहिले चलिरहेको टी–२० विश्वकपमा त श्रीलङ्का ‘सुपर–आठ’ सम्म पनि पुग्न सकेन ।

मुख्य प्रशिक्षक सिल्भरवुडले राजीनामा दिनुको पछाडि व्यक्तिगत कारण भएको बताएका छन् । यसअघि हिजो मात्रै महेला जयवर्द्धनेले ‘सल्लाहकार प्रशिक्षक’ को पदबाट राजीनामा दिएका थिए ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया