वडाध्यक्षद्वारा आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क मल वितरण

 असार १३, २०८१ बिहीबार १८:२१:२४ | रासस
unn.prixa.net

फाइल फाेटाे

रामेछाप – रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गर्नुभएको छ । वडाध्यक्ष कार्कीले यस वर्ष नौ सय परिवारलाई सात सय २० बोरा मल वितरण गर्नुभएको हो ।

वडामा पर्याप्त मल नआउने र न्यून मात्रामा आएको मल सामानुपातिक रूपमा वितरण गर्न कठिनाइ हुने भएकाले आफूले पाउने सुविधाबाटै किसानलाई निःशुल्क मल वितरण गरेको वडाध्यक्ष कार्कीले बताउनुभयो । वडाले १० रोपनीभन्दा बढी जग्गामा खेती गरिरहेका किसानलाई एक बोरा तथा त्योभन्दा कम जग्गामा खेती गरिरहेका किसानलाई आवश्यकताका आधारमा मल वितरण गर्ने नीति बनाएको उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष कार्कीले गएको वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गर्नुभएको थियो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया