इङ्ल्यान्डलाई हराउँदै भारत टि–ट्वान्टी विश्वकपको फाइनलमा

 असार १४, २०८१ शुक्रबार ६:१०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – भारत आईसीसी टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गयानामा गएराति भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

भारतले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर चार बलमा एक सय ३ रनमा समेटियो । इङ्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । उसका ओपनर तथा कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए ।

भारतले फाइनलमा दक्षिण अफ्रिकासँग भाेलि शनिवार प्रतिस्पर्धा गर्नेछ । हिजै भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो भने सन् २००७ को पहिलो संस्करण जितेको भारत तेस्रो पटक फाइनल पुगेको हो । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया