कोपा अमेरिका फुटबलमा उरुग्वेले बोलिभियालाई ५–० गोलले हरायो

 असार १४, २०८१ शुक्रबार ८:४८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – कोपा अमेरिका फुटबलमा समूह 'सी' अन्तर्गत आज भएका खेलमा उरुग्वे र पानामाले जीतेका छन् । मेटलाइफ स्टेडियममा भएको खेलमा उरुग्वेले बोलिभियालाई ५–० गोलले हरायो । उरुग्वेका लागि फाकुण्डो पेलिस्ट्री आठौं, डर्वीन नुनेजले २१ औं, म्याक्सिमिलियानो अरौजो ७७ औं, फेडेरिको भल्भर्डले ८१ औं र रोड्रिगो बेनटेनकरले ८९ औं मिनेटमा समान एक गोल गरे ।

यस्तै आजै भएको पहिलो खेलमा पानामाले अमेरिकालाई हराएको छ । मर्सिडिज वेञ्च स्टेडियममा आज भएको खेलमा पानामाले अमेरिकालाई २–१ गोल अन्तरले हराएको हो । अमेरिकाका लागि फोलारिन बलोगनले खेलको २२ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । पानामाका केशर ब्ल्याकम्यानले २६ औं मिनेटमा गोल गरेर खेलमा बराबरी बनाए । त्यस्तै जीतका लागि खेलको ८३ औं मिनेटमा जोसे फर्डाजोले गोल गरेपछि पानामाले अमेरिकालाई हराउन पुग्यो ।

याे जीतसँगै उरुग्वे तीन खेलबाट नाै अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । यस्तै अमेरिका दुई खेलबाट तीन अङ्कसहित दोस्रो, समान अङ्क भएको पानामा तेस्रो र पुछारमा रहेको बोलिभिया अङ्कविहिन छ । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया