अमेरिकी राष्ट्रपति चुनाव : बाइडेन र ट्रम्पबीच बहस

 असार १४, २०८१ शुक्रबार १२:१९:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा आउँदाे नोभेम्बर ५ मा राष्ट्रपतिको चुनावको सन्दर्भमा पहिलो पटक राष्ट्रपतिका उम्मेदवारबीच बहस भएको छ ।

बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उहाँका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प सहभागी भएका छन् । चार वर्षपछि दुवै नेता एकै कार्यक्रममा सँगै सहभागी भएका सीएनएनले जनाएको छ ।

सीएनएनले आयोजना गरेको टिभी बहसमा अवैध आप्रवासी, गर्भपतन, इजरायल–हमास युद्ध, रुस–युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महँगी, बेरोजगारी र जलवायु परिवर्तनजस्ता मुद्धामा छलफल भएको छ ।

बहसका क्रममा बाइडेनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाउनुभएको छ । ट्रम्पले भने बाइडेन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्रपति भएको दाबी गर्नुभएको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया