पाकिस्तानले खाद्य सुरक्षाका लागि उत्कृष्ट कृषि अभ्यासमा जोड दिने

विद्यार्थीलाई चीन पठाएर सीप सिकाउने र उत्पादन दोब्बर बनाउने योजना

 असार १४, २०८१ शुक्रबार १८:३०:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री राणा तनवीर हुसेनले उत्पादकत्व र खाद्य सुरक्षा वृदिका लागि देशले उत्कृष्ट कृषि अभ्यासमा ध्यान केन्द्रित गरिरहेको बताउनुभएको छ ।

खाद्य सुरक्षा वर्तमान समयमा प्रमुख विश्वव्यापी चुनौती भएको उल्लेख गर्दै उहाँले पाकिस्तानले कृषिमा विशेष ध्यान दिई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड निर्माण गरेको बताउनुभएको चिनियाँ समाचार संस्था सीएनएनले जनाएको छ ।

कृषि उत्पादनमा सुधार र प्रविधि हस्तान्तरण प्रयासमा विशेष गरी चीन लगायतका देशहरूसँगको सहकार्यलाई ध्यानमा राख्दै उत्पादन बढाउन कृषि क्षेत्रमा अनुसन्धान र आधुनिक प्रविधि समावेश गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

विद्यार्थीलाई चीन पठाएर सीप सिकाउने र उत्पादन दोब्बर बनाउने योजना रहेको खाद्य सुरक्षा मन्त्री हुसेनले बताउनुभएको सिन्ह्वाको खबरमा उल्लेख छ । बाँझो जमिनलाई कृषियोग्य बनाउनेसहित थप जमिनलाई खेतीअन्तर्गत ल्याउने कदम लगायत किसानलाई अर्बाैँ रुपैयाँ ऋण प्रदान गरी नवीन योजना चलिरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया