टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

 असार १५, २०८१ शनिबार ६:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ । भारत अस्ति भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो ।

भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ । उसले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको थियो । दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ । उसले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । नवौँ संस्करणको यो विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका आठ र भारत सात खेलमा अपराजित छन् । भारतले क्यानडासँगको खेलमा वर्षा बाधक हुँदा अङ्क बाँडेको थियो ।

नवौँ संस्करणको टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेका हुन् । गएको जुन २ तारिख अर्थात् जेठ २० गतेदेखि शुरु भएको प्रतियोगितामा २० देश सहभागी थिए । दोस्रो पटक टी–२० विश्वकप खेलेको नेपाल भने समूह चरणबाटै बाहिरीएको थियो ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया