इन्डोनेसियाको बाली टापुमा साइबर अपराध गरेको आरोपमा एक सय तीन जना पक्राउ

 असार १५, २०८१ शनिबार ७:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – इन्डोनेसियाले बाली टापुमा साइबर अपराध गरेको आरोपमा एक सय तीन जनालाई देश निकाला गर्ने भएको छ । देश निकाला हुनेमा ९१ जना पुरुष र १२ महिला रहेका समाचार संस्था अलजजिराले जनाएको छ ।

तीमध्ये धेरैजसो ताइवानका रहेका छन् । प्रवेशाज्ञा दुरुपयोग गरेको तथा साइबर अपराध गरेको आरोपमा उनीहरुलाई देश निकाला गर्न लागिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् । स्टिङ अपरेसनबाट उनीहरुलाई सयौं यन्त्रउपकरणसहित, सीमापार साइबर–ठगी र भिसा उल्लङ्घनको आरोपमा पक्राउ गरिएको अध्यागमन निर्देशक सफार मुहम्मदले बताउनुभएको छ ।

इन्डोनेसियाले यो समूहको अन्तर्राष्ट्रियस्तरमा अरू कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् । तर ताइवानको परराष्ट्र मन्त्रालयले पक्राउ परेका एक सय तीन जनामध्ये १४ जना मात्रै ताइवानी भएको बताएको छ । दक्षिणपूर्वी एशियाभर साइबर–ठगी समूहको फैलावट बढ्दो चिन्ताको विषय बनेको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया