संयुक्त राष्ट्र सङ्घद्वारा सुडानका १४ क्षेत्रमा भोकमरीको चेतावनी

 असार १५, २०८१ शनिबार ९:२८:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : यूनिसेफ

संयुक्त राष्ट्र सङ्घले सुडानका १४ क्षेत्रमा भोकमरी हुनसक्ने चेतावनी दिएको छ । ग्रेटर डार्फर, ग्रेटर कोर्डोफान र अल जजिरा राज्यका साथै खार्तुमका केही ठाउँ गरी १४ वटा क्षेत्रमा भोकमरीको जोखिम रहेको संयुक्त राष्ट्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

सुडानका १० राज्यका सात लाख ५५ हजार जना मानिस भोकमरीको विपत्तिजनक अवस्थाको सामना गरिरहेका पनि उल्लेख छ । सुडानका ८५ लाख मानिस अर्थात् १८ प्रतिशत जनसङ्ख्या खाद्य सुरक्षाबाट पीडित रहेका राष्ट्रसङ्घको भनाइ छ ।

सुडानमा सन् २०२३ अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीच लडाइँ चलिरहेको छ । यो द्वन्द्वका कारण १६ हजार छ सय ५० जनाभन्दा धेरैले ज्यान गुमाइसकेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया