कोपा अमेरिका फुटबल : कोस्टारिकालाई हराउँदै कोलम्बिया अन्तिम–८ मा, ब्राजिलले पाराग्वेलाई ४–१ गोलले हरायो

 असार १५, २०८१ शनिबार ९:८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – कोपा अमेरिका फुटबलमा कोस्टारिकालाई हराउँदै कोलम्बिया क्वाटरफाइनलमा पुगेको छ । आज बिहान एरिजोनामा भएको खेलमा कोलम्बियाले कोस्टारिकालाई तीन गोलले हराउँदै एक खेल अगाडि नै अन्तिम–८ मा पुगेको हो ।

समूह 'डी'मा कोलम्बिया दुई खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोलम्बियाले खेलको ३१ औं, ५९ औं र ६२ औं मिनेटमा गोल गर्यो । यही समूहको आज भएको अर्को खेलमा ब्राजिलले पाराग्वेलाई ४–१ गोलले हराएको छ ।

ब्राजिलले खेलको पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल गर्यो । पाराग्वे खेलको ८१ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जितसँगै ब्राजिल दुई खेलमा चार अङ्कका साथ समूहको दोस्रो स्थानमा छ । एक अङ्क रहेको कोस्टारिका तेस्रो र अङ्कविहिन पाराग्वे पुछारमा छ ।

समूह चरणको अन्तिम खेलमा जुलाई ३ तारिखमा ब्राजिल र कोलम्बिया तथा कोस्टारिका र पाराग्वे खेल्नेछन् । यसअघि साविक विजेता अर्जेन्टिना, भेनेजुएला र उरुग्वे एक खेल बाँकी छँदै क्वाटरफाइनलमा पुगिसकेका छन् । जुलाई ५ तारिखदेखि क्वाटरफाइनलका खेल शुरु हुनेछन् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया