जलवायुमैत्री प्रविधि प्रयोग गरी धानको उत्पादन बढाउने सरकारको नीति छ : प्रधानमन्त्री प्रचण्ड

 असार १५, २०८१ शनिबार १०:४४:२६ | रासस
unn.prixa.net

रासस

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानको उत्पादन बढाउने सरकारको नीति रहेको बताउनुभएको छ ।

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धानको उत्पादन र उत्पादकत्व बढाउन जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो । साथै उहाँले किसानलाई आवश्यक मल र बीउको अभाव हुन नदिने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आउँदो दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ राखेको प्रधानमन्त्रीको भनाई छ । धानबाली नेपालको प्रमुख खाद्यान्न बाली हुनाले तीनवटै तहका सरकार गम्भीर भएर भइरहेका नीतिको सफल कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड छ ।

राष्ट्रिय धान दिवसको अवसरमा बछौलीमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मेसिनबाट धान रोप्नुभयो । 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ आज देशभर २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया