युक्रेनी राष्ट्रपति जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्ने योजनाको मस्यौदा तयार पार्दै

 असार १६, २०८१ आइतबार ६:२६:१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न 'व्यापक योजना' तयार गरिरहेको बताउनुभएको छ । जेलेन्स्कीले राजधानी किभमा पत्रकार सम्मेलन गरी विश्वको बहुमतले समर्थन गर्ने गरी युद्ध अन्त्यको योजना बनाइरहेको बताउनुभएको कतारी सञ्चारमाध्ययम अल जजिराले जनाएको छ ।

जेलेन्स्कीले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग पत्रकार सम्मेलन गर्नुभएको हो । उहाँले यो कूटनीतिक बाटो भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग अहिले कुनै वार्ता भने नभएको बताउनुभयो ।

युक्रेनले शान्ति वार्ता शुरू हुनअघि क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रबाट रुसले आफ्नो सेना फिर्ता लिनुपर्ने अडान लिएका कारण लामो समयदेखि दुई देशबीच वार्ता भएको छैन । पछिल्लो समय रुसी सेनाले युक्रेनमा आक्रमण बढाएका छन् ।

युक्रेनको झन्डै २५ प्रतिशत भाग रुसले पूर्ण रूपमा कब्जा गरिसकेको छ । युक्रेनी राष्ट्रपती जेलेन्स्कीले सैनिक र नागरिकको उच्च मृत्युदरलाई औँल्याउँदै युद्ध अन्त्यका लागि आफूहरूसँग धेरै समय नभएको बताउनुएको छ । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया