कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै अर्जेन्टिना समूह विजेता

 असार १६, २०८१ आइतबार ९:१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – कोपा अमेरिका फुटबलको समूह 'ए' अन्तर्गतको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोलले हराएको छ । यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको साविक विजेता अर्जेन्टिनाले समूह चरणका सबै खेल जितेको छ ।

आज बिहान हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले खेलको ४७ र ८६ औँ मिनेटमा दुई गोल गरे । अर्जेन्टिनाले तीन खेलमा नौ अङ्क जोडेको छ ।

यस्तै आजै बिहान भएको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेलेका छन् । इन्टर एण्डको स्टेडियममा भएको खेलमा कुनै पनि गोल नभएपछि खेल बराबरीमा टुङ्गिएको हो ।

यो समूहबाट तीन खेलमा चार अङ्क जोडेको क्यानडा पनि क्वार्टरफाइनलमा पुगेको छ । दुई अङ्क जोडेको चिली र एक अङ्क रहेको पेरु प्रतियोगिताबाट बाहिरीएका छन् ।

भोलि बिहान समूह 'बी' का मेक्सिको र इक्वेडर तथा जमैका र भेनेजुयला खेल्दैछन् । समूह 'बी' को भेनेजुएला, 'सी' को उरुग्वे र 'डी' को कोलम्बिया पनि एक खेल बाँकी छँदै क्वाटरफाइनलमा पुगिसकेका छन् । जुलाई ५ तारिखदेखि क्वाटरफाइनलका खेल शुरु हुनेछन् ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया