तीन वर्षमा बन्नुपर्ने मोरङको गेउरिया पुल १० वर्षसम्म पनि बनेन

 असार १६, २०८१ आइतबार ९:५१:३८ | रासस
unn.prixa.net

रासस

माेरङ – तीन वर्षमा बन्नुपर्ने मोरङको कानेपोखरी–रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । कानेपोखरी गाउँपालिका–२ कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको अलपत्र पुलबारे गएको चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन पनि दिएका थिए । तर निर्देशन दिएको चार महिना बित्नै लाग्दा पनि पुलको निर्माण सुस्त भएको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो । १५ मिटर लम्बाइको पुल एक करोड १८ लाखमा ठेक्का लागेको थियो तर कहिलेसम्म काम सकिन्छ भन्ने अझै पनि टुङ्गो छैन ।

स्थानीय पुन्यप्रसाद रिमालले नौ वर्षको अवधिमा पाँच जनाभन्दा धेरैले गेउरिखा खोलामा ज्यान गुमाइसकेका छन् । समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार राख्ने सबैलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको स्थानीयकाे गुनासो छ । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया