युरो कप फुटबल : आज राति इङ्ल्यान्ड र स्लोभाकिया तथा स्पेन र जर्जिया खेल्दै

 असार १६, २०८१ आइतबार १२:१७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति इङ्ल्यान्ड र स्लोभाकिया तथा स्पेन र जर्जिया खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे इङ्ल्यान्ड र स्लोभाकियाबीच खेल हुँदैछ । यस्तै राति पौने १ बजे स्पेन र जर्जीयाबीच खेल हुनेछ ।

गए राति भएको खेलमा स्विट्जरल्यान्डसँग २–० गोलले पराजित भएसँगै इटाली अन्तिम १६ बाटै बाहिरिएको छ । स्विट्जरल्यान्डले क्वाटरफाइनलमा इङ्ल्यान्ड र स्लोभाकियाबीचको खेलको विजेतासँग खेल्नेछ ।

यस्तै घरेलु टोली जर्मनी युरो कप २०२४ को क्वाटरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोलले पराजित गर्दै जर्मनी क्वाटरफाइनलमा पुगेको हो । अब जर्मनीले क्वाटरफाइनलमा स्पेन र जर्जियाको विजेतासँग खेल्नेछ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया