उत्तरी नाइजेरियामा भएको विस्फोटमा कम्तीमा १८ जनाको ज्यान गयो

 असार १६, २०८१ आइतबार १२:२२:१६ | एजेन्सी
unn.prixa.net

एजेन्सी

उत्तरी नाइजेरियाको बोर्नो राज्यमा भएको बम विस्फोटमा कम्तीमा १८ जनाको ज्यान गएको छ । अरू ३० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

नाइजेरियाको आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार आत्मघाती आक्रमणकारीले विवाह समारोह, अन्तेष्टिस्थल र अस्पतालमा आक्रमण गरेका हुन् । एक विवाह समारोहमा भएको बम विष्फोटमा छ जनाको ज्यान गएको छ ।

नाइजेरियाको भ्यानगार्ड र दिस डे पत्रिकाले विस्फोटमा पछिल्ला विस्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको बताएका छन् । घटनापछि सेनाले कर्फ्यू लगाएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

बोर्नो राज्यमा इस्लामवादी लडाकुको समूह बोको हरामले १५ वर्षदेखि आक्रमण गर्दै आएको छ । जसले २० लाखभन्दा बढी मानिसलाई विस्थापित गरेको छ र ४० हजारभन्दा बढी मारिएका छन् ।   

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया