चितवनका किसानले ५ वर्षपछि अण्डाको लागत मूल्य पाए, ठूलो अण्डाको प्रतिक्रेट ४ सय ९५ रुपैयाँ

 असार १६, २०८१ आइतबार १५:८:३१ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवनका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नुपरेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी भएको थियो । समूहले अण्डाको लागत मूल्य १६ रुपैयाँ ५६ पैसा निकालेको थियो ।

गएको हप्तादेखि किसानले ठूलो अण्डाको प्रतिक्रेट चार सय ९५ र मध्यम क्रेटको चार सय ७० रुपैयाँ पाउन थालेका छन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएका बताउनुभयो ।

यसअघि २०७६ सालमा किसानले लागत हाराहारी मूल्य पाएका थिए । त्यसपछिका दिनमा कोरोना महामारी, बर्ड फ्लुलगायतका कारण किसानले लागत मूल्य पाउन नसकेको अध्यक्ष पाेखरेलकाे भनाइ छ ।

दुई वर्षअघि असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर सङ्घ गठन गरी बजारीकरण अभियान शुरु गरेका थिए । त्यति बेला अण्डाको मूल्य प्रतिक्रेट दुई सय ३० रुपैयाँ थियो तर यो मूल्यमा अण्डा बिक्री गर्दा धेरै किसानले घाटा बेहोरेका थिए ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया