रूपा ताल विदेशी चराका लागि उत्कृष्ट गन्तव्य बन्दै

 असार १६, २०८१ आइतबार १५:११:३४ | रासस
unn.prixa.net

कास्की – कास्कीको रूपा ताल विदेशी चराका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । रूपा तालमा झन्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेका पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । हरेक वर्षको हिउँद र वर्षाको समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उहाँले जानकारी दिनुभयो ।

विशेषगरी हिउँदको समयमा शिकारी प्रजातिका चरा र वर्षाको समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ । पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रूपा ताल पनि हो । रूपा तालले बर्सेनि झन्डै ५० लाख रुपैयाँ बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ ।

हरेक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले ५० लाख रुपैयाँभन्दा धेरै मूल्य पर्ने माछा खाएर जाने गरेको रूपा ताल पुनर्स्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताउनुभयो ।

विशेषगरी पुस, माघको समयमा तीन महिना साइबेरियालगायत ठाउँबाट रूपा तालमा आउने दुई सय ५० वटा सङ्ख्याका जलेवाको आहारा माछा नै हो । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरेर माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । सहकारीले वार्षिक दुई करोड रुपैयाँ बराबरको माछा उत्पादन गर्दै आएको छ ।

रूपा ताल पछिल्लो समयमा जलचर, वन्यजन्तु, पर्यावरण अध्ययन अनुसन्धान गर्ने खुला पाठशालाजस्तै बनेको जनाउँदै उहाँले बर्सेनि झन्डै २५ वटा देशबाट अनुसन्धानकर्ता आउने गरेका जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया